झापा, जेठ १८ । दलित समन्वय समिति रतुवामाई नगरपालिकाले सरकारी विद्यालयमा अध्ययन गरिरहेका बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाका ४१ वटा सरकारी विद्यालयमा पढ्ने दलित समुदायका विद्यार्थीलाई विपन्न विद्यार्थी शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो ।

नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले वडा नं. ३ को महादेवामा बिहीबार शैक्षिक सामग्री वितरण कार्यक्रमको शुभारम्भ गरे । नगरले दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणका लागि ५ लाख रुपियाँ विनियोजन गरेको थियो ।

नगरका ७ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको दलित समन्वय समिति रतुवामाईका अध्यक्ष थर्कबहादुर विश्वकर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्