झापा, जेठ १८ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट ४० सेकेन्डको ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ ।

ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिनुकासाथै फिल्ममा पूजा र नायक कुन्साङ बोम्जनबीचको प्रेमलाई देखाइएको छ । नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने फिल्मका निर्माता देव मगर तथा अनुप गडाल हुन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

हरिप्रसाद घलेको छायाङ्कन रहेको फिल्ममा, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्