झापा , जेठ १८ । प्रहरीले राजश्व छलेको ५३ वटा बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा लिएको छ ।

नेपालमा उत्पादित उसिनेको २ हजार ३७८ के.जी. सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्वरको पिकअप बोलेरो र गाडी चालक बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज दिउँसो १ः४० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर ६ भट्टराई चौकमा राजश्व छली नेपालमा उत्पादित सुपारी ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको त्यस पिकअप बोलेरो गाडीलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा VCTS पानबिलमा १२ लाख २५ हजार बराबरको विल भएता पनि आधिकारिक VCTS अनलाईन बिल थिएन । नियन्त्रणमा लिइएको सुपारीसहित गाडी र गाडी चालकलाई कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्