मेचीनगर, जेठ २० । आगामी तीनवर्षे कार्यकालका लागि नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका प्रधान विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मतमा चित्त बुझाउनु पर्याे । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गरे ।

उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बने । उनले प्रतिस्पर्धी बीरबहादुर राईलाई ६६ मतले पराजित गरेका हुन् । राईले ११४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी बनेका छन् । उनका प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत ल्याए । त्यस्तै उपसचिवमा भानु मिश्र १४५ मत ल्याएर विजयी बने । उनले नेत्रप्रसाद पौडेललाई ४ मतले पराजित गरेका हुन् । पौडेलले १४१ मतमा चित्त बुझाउनु पर्याे । कुल मतदाता ३२३ रहेका निर्वाचनमा ३११ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्