झापा, जेठ २० । झापाको बिर्तामोडबाट पाँचथरतर्फ जाँदै गरेको बोलेरो पाँचथर हिलिहाङ ३ किसेनी खोलास्थित मेची राजमार्गमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

आज दिउँसो ३ः१० बजेको समयमा जोरपोखरीबाट गोपेटारतर्फ जाँदै गरेको मे१ज २४४२ नम्बरको बोलेरो बाक्लो हुस्सु लागेका कारण चालकले बाटो नदेखेकोले अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी ३ मिटर तल खसेर दुर्घटना भएको हो । पाँचथर कुम्मायक ३ बस्ने बर्ष ३३ का खगेन्द्र गदालले सो बोलेरो चलाएका थिए । दुर्घटनामा परी ताप्लेजुङ फुङलिङ २ बस्ने बर्ष ३० की कला लिम्बू (शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य), उनकी छोरी बर्ष ११ की कृष्टिन लिम्बू (शरीरको बाहिरी भागमा चोट अवस्था सामान्य) उनकै छोरी बर्ष १२ की कृष्टिना लिम्बू (शरीरको बाहिरी भागमा चोट अवस्था सामान्य) , सोही ठाउँ बस्ने बर्ष ७२ की सुरजकुमारी लिम्बू (छातीमा दुखाई रहेको अवस्था मध्यम) ,बर्ष ३१ का कमल लिम्बू (अनुहारमा चोट, अवस्था सामान्य) ,फुङलिङ १ बस्ने बर्ष १७ का अर्जुन सापकोटा (घुँडामा चोट उपचारको लागि फिदिमतर्फ पठाएको ) सोही ठाउँ बस्ने बर्ष २३ की संगीता सापकोटा (शरीरको विभिन्न भागमा चोट उपचारको लागि फिदिमतर्फ पठाएको ) गाडी चालक पाँचथर कुम्मायक ३ रानीगाउँ बस्ने बर्ष ३३ का खगेन्द्र गदाल (उपचारको लागि फिदिमतर्फ पठाएको ) घाइते भएका छन् ।

घाइतेहरूलाई प्रहरी चौकी गोपेटारबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारको लागि फिदिमस्थित समर्पित अस्पताल पठाई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।गाडीमा ९ जना सवार रहेका थिए ।एकजनालाई केही पनि नभएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्