झापा,जेठ २२ । अर्जुनधारा ८ बिजुली अफिस पूर्वटोलअन्तर्गत रहेको जलेश्वर कीर्तन मण्डलीले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बिजुली अफिस पूर्वटोलको मातहतमा रहेको जलेश्वर कीर्तन मण्डलीको नयाँ कार्यसमितिको अध्यक्षमा बिमला गौतम,उपाध्यक्ष गोमा दाहाल ,सचिव सीता रेग्मी ,सहसचिव निर्मला भट्टराई,कोषाध्यक्ष कल्पना चौहान तथा सदस्यहरुमा साबित्रा गिरी,सरिता ढुंगेल ,मिरा पोख्रेल,गिता गौतम र गंगादेवी अधिकारी चयन भएका छन् । ११ सदस्यीय कार्यसमिति रहने प्रावधानअनुरुप हाललाई १० जना चयन गरिएको छ भने बाँकी एक जना कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ । नयाँ कार्यसमिति गठनसँगै पद हस्तान्तरण पनि गरिएको छ ।

टोल समिति अध्यक्ष पुनम चौहानको अध्यक्षता सम्पन्न कार्यक्रममा जलेश्वर कीर्तन मण्डलीकी निवर्तमान अध्यक्ष तारा प्याकुरेलले नयाँ कार्यसमितिलाई खदा ओढाइदिएर जिम्मेवार प्रदान गरेकी थिइन् । उनले आफूले शुरुवाती दिनहरुमा जुन रुपमा मण्डलीलाई अघि बढाएको थिएँ सोहीअनुरुप नयाँ समितिले जलेश्वर कीर्तन मण्डलीको गरिमालाई अझ अघि बढाउन सफल रहोस् भनी शुभकामना ब्यक्त गरेकी थिइन् । कार्यक्रममा नयाँ समितिलाई शुभकामना दिँदै टोल समितिका बिनोद चौहानले आगामी दिनहरुमा जलेश्वर कीर्तन मण्डली सशक्त रुपमा धार्मिक कार्यहरु गर्दै अघि बढ्न सफल रहोस् भन्दै टोल समिति सदैव मण्डलीको साथमा रहने धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन टोल समिति सचिव रमेश नेपालले गरेका थिए भने स्वागत मन्तब्य टोलका कोषाध्यक्ष ध्रुव पोख्रेलले राखेका थिए ।

कीर्तन मण्डलीकी नवनियुक्त अध्यक्ष बिमला गौतमले आफ्नो कार्यकालमा टोल समितिको सहयोगले कीर्तन मण्डलीलाई अझ उचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरेकी थिइन् ।२०८० बैशाख १२ गते स्थापना भएको जलेश्वर कीर्तन मण्डलीले आफ्नो पहिलो बार्षिक उत्सव गत बैशाख ११ गते मनाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्