झापा, जेठ २२ । झापाको मेचीनगरमा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

गएराति ९ः५० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर– १४ प्रणामीनगर टोल बस्ने उजेन बिर्जाको घरमा अचानक आगलागी भएको हो । घरका मानिसहरु पाहुना गएको अबस्थामा भएको आगलागीबाट बिर्जाको घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, फर्निचरका बिभिन्न सर–सामान र घर आंशिक रुपमा जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।

स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा राति १०ः२५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै गएराति परेको चट्याङले गौरादहमा आगलागी भएको छ । गौरादह १ चैतुचोक निवासी इन्द्र बिकको डेढ बिघा जग्गाको पराल आगो लागेर पूर्णरुपमा नष्ट भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्