झापा, जेठ २२ । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको अध्यक्षमा अग्नीप्रसाद सापकोटा अनिल निर्वाचित भएका छन् ।

दोस्रो गाउँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा १७३ मत ल्याएर सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी तोयानाथ पोख्रेलले ११८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा १५५ मतसहित यादवप्रसाद मिश्र निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ज्ञानु सुवेदीले १३४ मतमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै सचिवमा शम्भुसिंह राजवंशी निर्विरोध निर्वाचित भएका छन् भने खुल्ला उपसचिवमा जयनारायण आचार्य १८९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रेमबहादुर श्रेष्ठले मात्र ९५ मत ल्याएका छन् । महिला उपसचिवमा भने रविना ढकाल निर्विरोध निर्वाचित भएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्