दुधे, जेठ २२ । नेकपा एमाले शिवसताक्षी नगर कमिटीको हालै निर्वाचित नयाँ नेतृत्वले सोमवार पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । सोही कार्यक्रममा निर्वाचन समितिले पदाधिकारी तथा नगर समितिका सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।


निर्वाचन समितिका संयोजक बेनु कार्कीले निर्वाचित सबैलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । यस्तै शिवसताक्षी नगरको दोस्रो नगर अधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष नेकपा एमालेकी केन्द्रीय सदस्य मेनुका काफ्ले, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ४ का पार्टी ईन्चार्ज चन्द्रकुमार शेर्मालगायतले निर्वाचित सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

शिवसताक्षी नगरमा गएको जेठ १० र ११ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । सो निर्वाचनको मतपरिणाम अनुसार अध्यक्ष पदमा मेदनी दंगाल, उपाध्यक्षमा विष्णु प्रसाईँ, सचिवमा लक्ष्मी गुरागाईँ, उपसचिव सागर थुलुङ राई र महिला उपसचिवमा कल्पना ढकाल चौलागाईँ निर्वाचित भएका थिए । सपथ ग्रहण कार्यक्रममा उपसचिव सागर थुलुङ राई अस्वस्थका कारण उपस्थित हुन सकेनन् ।

दोस्रो नगर सभाबाट खुल्ला र भूगोल तथा आरक्षण कोटाबाट ७५ जना नगर कमिटी निर्वाचित भएका थिए । यस्तै ७ सदस्यीय लेखा समितिले पनि पद तथा गोपनियताको सपथ ग्रहणसहित पार्टीको नगर समितिमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेको थियो ।

नगर सभाको अध्यक्ष मण्डलका अध्यक्षसमेत रहेकी नेकपा एमालेकी केन्द्रीय सदस्य मेनुका काफ्लेको अध्यक्षतामा दुधेस्थित आदिबासी जनजाति सामुदायिक सभाहलमा सम्पन्न कार्यक्रममा अध्यक्ष मेदनी दंगालले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

उनले शिवसताक्षी नगरमा पार्टी सदस्यताको अस्तव्यस्त अवस्थालाई तत्काल व्यवस्थित गरिने बताए । ‘मेरो नेतृत्वको नगर कमिटीको पहिलो काम भनेको पार्टी सदस्यता विस्तार र त्यसलाई व्यवस्थित गर्नु हो,’ उनले भने ।

पार्टी र जनसंगठन अथवा पार्टीका विभिन्न मोर्चासंगको समन्वयकारी भूमिकामा शिवसताक्षी नगरलाई जिल्लामा अब्बल पार्टी नेतृत्वमा रुपमा स्थापित गर्नु आफ्नो पहिलो दायित्व भएको उनले बताए । पार्टीलाई विधि, पद्धति र अनुशासनमा डोर्याउँदै सुदृढ र एकताबद्ध पार्टी कमिटी निर्माणको लागि आफ्नो नेतृत्वको पार्टी पदावधिभर सक्रिय रहने उनले बताए ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य मेनका काफ्ले, प्रदेश कमिटी सदस्य गजेन्द्र ताम्ली र नेकपा एमाले निर्वाचन परिचालन समितिका केन्द्रीय सचिव हर्कराज राईले पार्टी कमिटीलाई मिसन ०८४ का लागि आजैदेखि लागिपर्न सु्झाएका थिए । कार्यक्रम निर्वाचन परिचालन समितिका सदस्य श्रीप्रसाद खरेलले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्