झापा, जेठ २२ । मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १ फुलजोरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

सदरमुकाम गाईघाट बाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट बेल्टारतर्फ आउँदैै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुन्सरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँप बस्ने २४ वर्षकी हिरा राईलाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२– ००१ ख ८५१४ टिपरले ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक श्रेष्ठ र राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपर र सवारी चालक प्रहरीको नियन्त्रमा रहेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उदयपुरका प्रहरी प्रमुख थापाले बताए । घटनाको प्रत्यक्षदर्शी स्थानीय शर्मिला कार्कीका अनुसार टिपरको अघिल्लो चक्काले श्रेष्ठ र पछिल्लो चक्काले राईलाई किच्दा उनीहरूको एकैसाथ ज्यान गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्