झापा,जेठ २२ । सुनसरीको इनरुवा नगरपालिका–४ बाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार बेलुका साढे ९ बजे स्थानीय राम नारायण मेहेताले आफ्नै घर अगाडी पार्किङ गरी राखेको को १० प ९९८८ नम्बरको मोटरसाइकललाई धनुषाधाम नगरपालिका–९ का २१ वर्षीय सञ्जयकुमार रवि दासले चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्