एजेन्सी । भारतको लोकसभा निर्वाचनमा कलाकार र क्रिकेटरले पनि जीत हासिल गरेका छन् ।

अग्रज कलाकार हेमा मालिनीले मथुराबाट निर्वाचन जितेकी हुन् । मथुराबाट भाजपा प्रत्यासी हेमा मालिनीले २ लाख ९३ हजार ४०७ को मतान्तरले जीत हासिल गरेकी हुन् । उनले ५ लाख १० हजार ६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रत्यासी मुकेश धंगरले २ लाख १६ हजार ४३ मत पाएका छन् ।

त्यस्तै कलाकार तथा भाजपा प्रत्यासी कंगना रनौतले हिमाचल प्रदेशको मंडीबाट निर्वाचन जितेकी छन् । कंगनाले कांग्रेस प्रत्यासी विक्रमादित्य सिंहलाई ७४ हजार ७५५ मतले हराएकी हुन् । कंगनालाई ५ लाख ३७ हजार २२ मत मिलेको थियो ।

त्यस्तै पूर्व क्रिकेटर तथा पश्चिम बंगालको बहरमपुरबाट भाजपा उम्मेदवार यूसुफ पठानले पनि जीत हासिल गरेका छन् । उनले कांग्रेसका अधीर रंजन चौधरीलाई ८५ हजार ३२८ मतले हराएका हुन् ।
यूसुफ पठानलाई ५ लाख २२ हजार ९७४ मत प्राप्त भएको थियो ।

तर,भोजपुरी सुपरस्टार तथा आजमगढबाट भाजपा प्रत्यासी दिनेशलाल यादव पराजित भएका छन् । सपा प्रत्यासी धर्मेन्द्र यादवले उनलाई हराएका हुन् । दिनेशलाल यादवले ३ लाख ४७ हजार २०४ मत पाउँदा धर्मेन्द्र यादवले ५ लाख ८ हजार २३९ मत ल्याएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्