झापा,जेठ २३ । विराटनगरका एकजना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घटना विराटनगर–७ हरियाली टोलमा भएको हो । आगोले शरीर जलेर कामत गम्भीर घाइते भएको जानकारी बस्नेतले दिए । उनका अनुसार कामतको शरीरको ७० प्रतिशत भाग जलेको छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कामत केही समयदेखि पारिवारिक तनावमा रहेको पाइएको छ । केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ । डीएसपी बस्नेतले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्