झापा,जेठ २३ । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ ‘भिडियो पसल’ एपमा सार्वजनिक गरिएको छ ।

सामाजिक यथार्थमा आधारित ‘प्रकाश’ का दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारको अभिनयलाई मन पराएका छन् ।

कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत र शैलेश श्रेष्ठको पाश्र्व सङ्गीत रहेको छ । ‘भिडियो पसल’ मा २.९९ डलर देखि ५.९९ डलरसम्म तिरेर विभिन्न प्याकेजमा चलचित्र हेर्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्