भद्रपुर,जेठ २३ । सामान्य धरौटी रकमसमेत भुक्तान गर्न नसकेर लामो समयदेखि कारागारमा कैदी जीवन बिताइरहेका ९ जनालाई समाजसेवी दिनबन्धु गोयलले धरौटी रकम बुझाइ कैदमुक्त गराएका छन् ।

विभिन्न अभियोग लागेर अदालतले विगो वापतको रकम बुझाउनु भनी आदेश दिएको तर सामान्य धरौटी रकम पनि बुझाउन नसकेका झापाका विभिन्न पालिकाका कैदीहरुलाई सामान्य धरौटीमा छुटाएर सहयोग गरेको गोयलले बताए ।

झापा कारागारमा बुधवार भएको कार्यक्रममा ५ हजारदेखि २० हजारसम्म धरौटी तिर्न नसकेका कैदीहरुलाई जम्मा ९१ हजार रकम तिरेर रिहा गरिएको हो ।कार्यक्रममा अधिवक्ता सुरज खत्री, वैतनिक अधिवक्ता तारा बाह्रकोटी ,उद्योगीहरु विनय गोयल, दिपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराई , मनोजकुमार लावतीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्