झापा, जेठ २३ । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ ।

मधेश प्रदेश सभाको बुधबार दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन सकेनन् । विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत प¥यो । प्रदेश सभामा १ सय ३ जना सांसद उपस्थित थिए

मुख्यमन्त्री यादवलाई जसपाको १९, कांग्रेसको २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका छन् । बिपक्षमा भने एमालेका २४, जनमतको १३, माओवादी(केन्द्र)को ९, नेकपा(एस)का ७ र नागरिक उन्मुक्ति पार्टीका १ जनाले मतदान गरेका छन् ।विश्वासको मतको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री यादवले आफ्नो १७ महिना कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले आफ्नो १७ महिने कार्यकालमा ठूला सबै दलका सांसद मन्त्री बनेको र आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसकेको पनि बताए । उनले संघीयता र प्रादेशिक संरचनालाई बलियो बनाउन केन्द्रीय मनोविज्ञानलाई त्यागेर विश्वासको मत दिन सबै सांसदसित आग्रह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्