झापा, जेठ २४ । संखुवासभाको भोटखोला गाउँपालिका– २ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका– ४ स्याक्सिलागोला बजारमा बस्दै आएका नापाङ भोटेका ४ बर्षीय छोरा नामायाङ भोटेको खोलाले बगाउँदा मृत्यु भएको छ ।

हिजो दिउँसो साढे ३ बजे श्री कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत नामायाङलाई छुट्टी भएर विद्यालय पछाडी रहेको वाङ खोलामा खेल्ने क्रममा बगाएको थियो । घटनाको खबर प्राप्त भएसंगै खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उक्त बालकलाई खोलाको ढुंगाको चेपमा मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्