झापा, जेठ २४ । नेपाली सेनाको अरिदमन गण चारआली व्यारेकले यस बर्षको मनसुनमा झापा जिल्लामा सबैभन्दा बढी प्रभावित हुने संभावित पालिकाहरुको पहिचान गरी विपद् पूर्वतयारी स्वरुप स्थानीयबासीलाई सुसूचित गराउन स्थलगत तालिम अभ्यास संचालन गर्दै आएको छ ।

यसक्रममा गणले आज कचनकवल गाउँपालिकाको घेरावारीमा करिव १५० जना स्थानीयलाई विपद्को समयमा अपनाउनु पर्ने सावधानी, सर्पदंशसम्बन्धी कक्षा तथा विपद्को समयमा प्रयोग गर्ने बिभिन्न सामग्री निर्माण गर्ने सम्बन्धी जानकारीमुलक कार्यक्रम संचालन गरेको थियो ।

बैशाख २३ गतेबाट स्थलगत तालिम अभ्यास गराउँदै आएको अरिदमन गणले जेठ २७ गतेसम्म जिल्लाका दक्षिणी गाउँपालिकाहरुमा त्यस किसिमको सचेतनामुलक कार्यक्रम संचालन गर्ने अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्