झापा, जेठ २४ । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका र्‍यापडि सपोर्ट फोर्स (आरएसएफ) ले बुधबार अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ ।

डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयौँ विस्थापित हुनुका साथै दर्जनौको ज्यान गएको’ बताएका छन् ।

आक्रमणबाट सयौँ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौँको संख्यामा मृतक तथा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन् ।

एक वर्षको समयभित्रै, युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ । द्वन्द्वका कारण पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन् ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको संख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाएका छन् ।

आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ ।

बिहीबारको जानकारीमा आरएसएफले वाड अल–नौरा क्षेत्रका तीनवटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्