झापा,जेठ २५ । इलामको चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ । बिहीबार अपराह्न स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बुको छोरी १८ बर्षीया रोजिना साम्बा लिम्बु र उनकै बहिनी १७ बर्षीया रोशा साम्बा लिम्बु ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लिएर पोखरीमा खसेकी थिइन् । उनलाई हातमा समाती निकाल्ने क्रममा विनीता एक्कासि हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्