झापा, जेठ २५ । झापाको शिवसताक्षी नगरपालिकामा ब्याउन लागेका २ वटा गाई मरेपछि अनुसन्धान सुरु भएको छ । बिहिबार शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोकमा किसान शोभा ताजपुरीयाका गाई मरेका हुन् ।

सीमावर्ती भारतीय बजारबाट किनेर ल्याएको नुन खुवाएका कारण ब्याउन लागेका दुई वटा गाई मरेको बताएपछि नगर उपप्रमुख नरमाया कार्की सहित नगरपालिकाको पशु स्वास्थ्य सेवा टोली त्यहाँ पुगेका थिए । नुन हालेर खोले ख्वाउनसाथ गाईहरू थरथर काम्दै मरेको बताइएको छ ।नुनका कारण हो या अन्य कारणले गाई मरेका हुन् भन्ने अनुसन्धान गर्न आफूहरूले पशु स्वास्थ्य सेवा शाखालाई निर्देशन दिएको कार्कीले जनाइन् । कुनै रोग फैलिएको हुनसक्छ भनेर यसलाई गम्भीर रूपमा लिइएको उनले जनाइन् ।

ताजपुरीयाले गाई बस्तुलाई ख्वाउन भनेर भारतबाट दुईबोरा नुन लिएर आएको र उक्त नुन नबिलेको पनि बताएकी छन् । अन्य नुनजस्तो नुन पनि बिलेको थिएन, ताजपुरीयाले भनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्