झापा, जेठ २७ । सचेत धिमाल युवा समाज समूह नेपालले मोरङको मंगलवारेस्थित धिमाल जाति विकास केन्द्र परियोजनास्थलमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा २६ वटा सुपारी र ६ वटा फलफूलको बिरुवा रोपिएको आयोजक सचेत धिमाल युवा समाज समूहका संयोजक हरि नुनिया धिमालले बताए । उनले आगामी असार २२ गते थप ३०० वटा सुपारीका बिरुवा रोप्ने योजना रहेको जानकारी दिए ।

बृक्षरोपण कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका संस्थापक उपाध्यक्ष गुणबहादुर धिमाल , तुन्जाइ सांस्कृतिक मंचका केन्द्रीय अध्यक्ष नरसिङ्ग धिमाल (फुरु) , धिमाल हेल्पिङ ग्रुपकी अध्यक्ष सुस्मिता धिमाल,समाजसेवी तथा ब्यवसायी प्रकाश धिमाल, राजु धिमाल, गोबिन धिमाल, गोकुल धिमाल ,राजेन्द्र धिमाल, प्रदिप धिमाललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थापक उपाध्यक्ष गुणबहादुर धिमालका तर्फबाट सरसफाइको निमित्त आर्थिक सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्