झापा, जेठ २८ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी–२० विश्वकप खेल्ने भएका छन् ।

यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेका कारण अमेरिकाको दुई खेलबाट बन्चित भएका सन्दीपले वेस्ट इन्डिजमा समूह चरणका दुई खेल खेल्ने पक्का भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै सन्दीपलाई वेस्ट इन्डिजमा हुने विश्वकपमा बाँकी खेल खेल्न टोलीमा समावेश गरिएको जानकारी दिएको छ । विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज पुगिसकेको क्यानले जनाएको छ ।

टी–२० विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

यसअघि क्यानले सन्दीपलाई अमेरिकामा समेत खेलाउने तयारी गरेपनि नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुई पटक भिसा दिन अस्विकार गरेको थियो ।

विश्वकप अन्तर्गत अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स ६ विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको दास्रो खेल मङ्गलबार अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्