झापा,जेठ २८ । बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीलाई जिल्ला अस्पताल बझाङले मृत घोषणा गरेको हो ।
सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेका थिए । तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियो । उपचारकै क्रममा अस्पतालले मृत घोषणा गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्