झापा , जेठ २९ । झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ मदनपुर बस्ने ३७ वर्षीय दिलबहादुर विश्वकर्मा र बिर्तामोड नगरपालिका वडा न. ५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी राय रहेका छन् । गएराति ८ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै राति ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा न. ६ पुरानो मेची पुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका सुमन भन्ने सूर्यवंशी रायलाई शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा उनको साथबाट प्लास्टिकसहित २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । रायलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्