झापा, जेठ २९ । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर २ लक्ष्मी नारायण चोक निवासी सुरेन्द्र महतोलाई आर.सी. ट्रेडिङ्ग.कम्पनीले १३ लाख २७ हजार १०४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

इनरुवा नगरपालिकामा आर.सी. ट्रेडिङ्ग कम्पनी इन्डिकेड ग्यास टेक्नोलोजीले एक कार्यक्रमको आयोजना गरी अग्निपीडित महतोलाई चेक हस्तान्तरण गरेको हो ।

महतोको २०८० साल कात्तिक ३० गते घरमा ग्यास लिकेज भएर आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । मेहताले आर.सी. ट्रेडिङ्ग कम्पनीको रेगुलर प्रयोग गर्दै आएका थिए ।

उक्त कम्पनीले आफ्नो प्रयोगकर्ताले प्रयोग गर्दै आएको रेगुलेटरको बिमा समेत गर्दै आएको छ । उक्त कम्पनीले रेगुलेटरबाट ग्यास लिकेज भई आगलागी लगायतका दुर्घटना हुँदा राहत स्वरूप रकम हस्तान्तरण गर्ने गरेको आर.सी.ट्रेडिङ्ग.कम्पनीले जनाएको छ । चेक हस्तान्तरण गर्ने कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनीता मेहतासहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्