झापा, जेठ २९ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका– २ की २१ बर्षीया कल्पना बिश्वकर्मालाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत आइतबार बिश्वकर्माले बच्चा जन्माएर आफ्नै घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगेर सालनालसहितको नवजात शिशु नाबालकलाई पात पतिङ्गरले छोपी हत्या गरेकी थिइन् । त्यस घटनाको जानकारी प्राप्त भएसंगै खटिएको प्रहरी टोलीले घटनामा संलग्न बिश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्