वीरु दर्नाल,
बिर्तामोड । बिर्तामोड ४ स्थित बिलिभर्स चर्चले ५० वटा डष्टबिन बितरण गरेको छ ।

चर्चले फोहोर व्यवस्थापनका लागि वडा नं ४ स्थित ओम शान्ति टोल विकास संस्थालाई ती डष्टबिन बितरण गरेको हो । ‘समाजमा धेरै सेवाका कर्महरु गरेर सामाजिक काम गरेको हामीले सुनेका छौं , देखेका छौं । बिलिभर्स चर्च हाम्रो टोलमा हुनुमा हामी गर्व गर्छौं ’ चर्चद्वारा हिजो आयोजित डष्टबिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ओम शान्ति टोल विकास संस्थाकी उपाध्यक्ष द्रौपदा गणेशले भनिन् ।

चर्चले बिर्तामोड ४ स्थित ओम शान्ति टोल विकास संस्थालाई ५० वटा डष्टबिन एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।
चर्चका रेभ. फादर डा.चित्रकुमार रुपाचाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका सचिव गोकुल रिजाल तथा टोल विकास संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चर्चका डिकन फादर समर वाग्ले तथा सुरुको प्रार्थना एल्डर दिलिप रम्तेलले गरेका थिए ।


“हामी फरक–फरक आस्था, जात र पृष्ठभूमिका हौं तर एक अर्काको हातमा हात मिलाएर अघि बढ्ने हो भने पक्कै पनि हाम्रो समुदायका लागि ठूलो काम गर्न सक्छौं’ भन्दै टोल विकास संस्थाका सचिव रिजालले डस्टबिन उपलब्ध गराएकोमा चर्चप्रति धन्यबादसहित आभार ब्यक्त गरे ।

रेभ. डा. रुपाचाले बिलिभर्स इस्टर्न चर्चले समुदायका लागि गरेको कामको बारेमा जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउनको लागि अमूल्य उपस्थितिको लागि सबै आमन्त्रित र लाभार्थीहरूलाई धन्यवादसहित आगामी दिनहरुमा पनि बिभिन्न समुदाय तथा स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्