झापा,जेठ ३० । रुपन्देहीमा सैनामैना नगरपालिका–१० सालझण्डीमा सवारी दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौं जाँदै गरेको रा १ ख २७८३ नम्बरको तुल्सीपुर यातायात प्रा.लि.को बस मंगलबार राति करिब १२ बजे सालझण्डीमा रोकि राखेको लु २ ख ६८७ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार घाइते भएका ४३ जनाको राति नै उद्दार गरी बुटवलस्थित चौराह अस्पताल र एडमोन सिटी अस्तालमा उपचारका लागिएको थियो। जसमध्ये १९ जना डिस्चार्ज भएका छन्। ट्रक र बस नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्