झापा, जेठ ३२ । चलचित्र ‘लन्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्रको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सलिन मगरको शब्द, सङ्गीत र स्वर छ । गीतमा मुख्य चार कलाकार निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा र रुष्मा थापा देखिएका छन् ।

‘घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हन् । साम्राज्ञी, निश्चल र गरिमासँगै कबिर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको चलचित्रमा अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यु गरेका हन् ।

एबी इन्टरनेसनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य रहेको छ । यसमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सहनिर्माता रहेको फिल्ममा अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्