झापा, जेठ ३२ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी अभ्याससंगै सर्पदंश सम्बन्धी जानकारी दिन थालेको छ ।

यसक्रममा कन्काई नगरपालिका वडा नं. ३ सुरुङ्गास्थित पशुपति ईङ्गलिस सेकेण्डरी स्कुलका विद्यार्थीहरुलाई आज अभ्यास गराइएको हो । मनसुन सुरुवातसंगै विपद्बाट जोगिन सचेतनासहित अभ्यास गराइएको गणले जनाएको छ ।

उक्त विद्यालयसंग समन्वय गरी बिहान ११ बजेबाट विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी कक्षा तथा डेमोष्ट्रेशन प्रदर्शन गरिनुका साथै सर्पदंशसम्बन्धी कक्षाहरु दिउँसो ३.३० बजेसम्म संचालन गरिएको थियो। कार्यक्रममा शिक्षक, स्काउट तथा विद्यार्थीहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको गणले जानकारी गराएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्