झापा, असार १ । दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपालले फिल्डिङ गरिरहेको छ ।

नेपालका कप्तान रोहित पौडेलले सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङका लागि बोलाएका हुन् । दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपालका कुशल भुर्तेलले तेस्रो  विकेट लिएका छन्। १३.२ ओभरमा भुर्तेलको बलमा हेनरिक क्लासेनलाई  करण केसीले क्याच आउट गराएका हुन्। यस अगाडि पनि ११.२ ओभरमा भुर्तेलले एडेन मार्करामलाई आउट गराएका थिए।

यस अगाडि ३.४ ओभरमा दिपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डे ककलाई आउट गराएका थिए। हाल दक्षिण अफ्रिका १३ ओभरमा २ विकेटको क्षतिमा ७३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्