बिर्तामोड , असार १ । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा यशोदा प्रसाई भट्टराई निर्वाचित भएकी छन् ।

दोस्रो नगर सम्मेलनबाट भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । त्यस्तै उपाध्यक्षमा नन्दकुमारी ईजम,सचिव विनिता तामाङ,सह–सचिव निर्मला ल्वागुन र कोषाध्यक्षमा नैनकला चुडालसहित ४१ सदस्यीय नगर कमिटी चयन भएको हो ।

भागिरथा आचार्य घिमिरेको अध्यक्षता तथा अनेम संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य गीता अधिकारी, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्