झापा, असार १ । आईसीसी टी– २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा समेटेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा टेस्ट मान्यताप्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन,डेभिड मिलरले ७ रन,हेनरिक क्लासेनले ३ रन, रनको योगदान गरे।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।

नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ–११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्