बिर्तामोड, असार १ । बिर्तामोड नगरपालिका शिक्षा शाखाद्वारा गठन गरिएको नगरपालिका स्तरीय बिज्ञान बिषय शिक्षक सिकाई सञ्जालले शनिबार एक दिवसीय मागमा आधारित सिकाइ सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ।

सञ्जाल संयोजक लक्ष्मीप्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा बिर्तामोडका प्रमुख तिलचन भण्डारीले अब सञ्जाल मार्फतका कार्यक्रमले नगरपालिकाको विद्यालय शिक्षामा एकरुपता आउने र बिषयगत समस्याहरुको गाँठो फुक्दै जाने बिश्वास ब्यक्त गरे। शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल तथा खेम गौतमले बोलेको कार्यक्रममा जीव शास्त्रतर्फ तुलसीराम खरेल र सूचना प्रविधितर्फ मनिष साहले सहजीकरण गरेका थिए।

शिक्षक तुलसीराम खरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा नगरपालिकाभित्रका ३१ जना बिज्ञान शिक्षकहरूको उपस्थिति रहेको थियो। शिक्षा शाखाले बिर्तामोड नगरपालिकाभित्रका संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरू रहनेगरी पाँच वटा अनिवार्य बिषयका बिषयगत सिकाइ सञ्जाल बनाएर सिकाइ सहजीकरण गर्दै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्