झापा , असार ३ । भारत पश्चिम बंगालको न्यू जलपाईगुडी नजिक रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सियालदह जाँदै गरेको कंचनजंघा एक्सप्रेसलाई न्यू जलपाईगुडी नजिक अर्को मालगाडीले ठक्कर दिएको थियो । सो दुर्घटना आज बिहान सवा ९ बजे भएको हो ।

दार्जिलिङ प्रहरीका अनुसार अहिलेसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । कम्तीमा २०– २५ जना घाइते भएका छन् । दार्जिलिङका अतिरिक्त एसपी अभिषेक रायले रोकिराखेको कंचनजंघा एक्सप्रेसलाई पछाडिबाट आएको मालगाडीले ठक्कर दिएको बताए । तीनवटा डब्बा लिगबाट झरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्