झापा,असार ३ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई पराजित गरेको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। जवाफी ब्याटिङका क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको हो। नेपालले लगातार तीन विकेट गुमाएको थियो।

नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रनको योगदान गरे। उनले १ चौका र १ छक्का प्रहार गरे।

यसैगरी दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान गरे। उनले ३१ बलमा एक छक्का र २ चौका प्रहार गरे। ओपनर आशिफ शेखले शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाए। कुशल भुर्तेलले ८ बलमा एक चौका प्रहार गर्दै बाहिरिए। रोहितकुमार पौडेल ६ बल र सन्दीप जोराले बलमा १÷१ रनको योगदान गरे। सोमपाल कामी, गुलशन झा, अभिनाश बोहोरा शून्य रनमा आउट भए। लगातार विकेट जाँदा क्रिजमा आएपनि सन्दीप लामिछानेले ब्याटिङ गर्न पाएनन्।

बंगलादेशका लागि तन्जिम हसन साकिबले सर्वाधिक ४ विकेट,मुस्ताफिजुर रहमानले ३ विकेट,शकिब अल हसनले २ विकेट र तस्किन अहमदले १ विकेट लिए ।
त्यस अगाडि बंगलादेशका लागि शाकिब अल हसनले १७ रन, महमुदुल्लाह र रिशाद हुसेनले १३÷१३ रन, जाकिर अली र तस्किन अहमदले १२÷१२ रन, तौहिद हृदयले ९ रन, नाजमुल हसिन सान्तोले ४ रन, नान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले ३÷३ रनको योगदान गरे। तान्जिद हसन शून्य रनमै आउट भए।

नेपालका लागि रोहितकुमार पौडेल,सन्दीप लामिछाने,सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले २÷२ विकेट लिए । योसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्