झापा, असार ३ । आज बिहान इलाम नगरपालिका–९ भञ्ज्याङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ का ३६ वर्षीय सुनिल गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिहान साढे ६ बजेतिर पानी परिरहेका बेला परेको चट्याङले भान्सा कोठामा काम गरिरहेका गोलेलाई लागेको थियो । चट्याङबाट बेहोस भएका गोलेको उपचारका क्रममा इलाम अस्पतालमा केही बेरअघि अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्