झापा,असार ३ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए ।

अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए । स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए । माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।

अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्