झापा, असार ४ । आज बिहान बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान ८.४० बजे बिर्तामोडको मुक्ति चौकमा बाटो काट्दै गरेकी पैदलयात्री मोरङ रतुवामाई ८ की ७० वर्षीया टंकमाया सुवेदीलाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ६६१३ नम्बरको मे १ च ६६१३ न. को छोटा हात्तीले ठक्कर दिएको थियो । घाइते सुवेदीलाई उपचारको लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि गाडी र गाडी चालक बिर्तामोड १ बस्ने ४५ वर्षीय बिर्खबहादुर थेबेलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्