भद्रपुर,असार ५ । भद्रपुर नगरपालिका, वडा नं ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले वनमा आवद्ध महिला उपभोक्ताहरुका लागि दैनिक रुपमा आवश्यक घरायसी सामान बनाउने तालिम सञ्चालन गरेको छ ।

वनले वार्षिक कार्यक्रमअनुसार गरिबी न्यूनीकरण तथा महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत महिला उपभोक्ताहरुका लागि साबुन, हार्पिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

चार दिनसम्म चल्ने तालिमको बुधबार एक समारोहका बीच भद्रपुर नगरपालिका वडा न ९ का वडाध्यक्ष रामप्रसाद दाहालले उद्घाटन गरेका छन् । वनका अध्यक्ष दुर्गापसाद भट्टराईको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि वडाध्यक्ष दाहालले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्न सहभागी महिलाहरुलाई आग्रह गरे ।

अध्यक्ष भट्टराईले तालिमको औचित्य प्रस्ट्याउँदै वनमा आवद्ध कोही परिवार वा उपभोक्ता सीपको अभावका कारण बेरोजगार बन्नु नपरोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उल्लेख गरे । उद्घाटन कार्यक्रमको सञ्चालन वनकी सदस्य मञ्जु अधिकारीले गरेकी थिइन् ।यही असार ८ गते शनिबारसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकको रुपमा रुद्रप्रसाद भट्टराई र सीता बानियाँ रहेको कोषाध्यक्ष खतिवडाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्