झापा, असार ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको वाग्मती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।


भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्