झापा,असार ६ । कन्काई नदीको कटानले झापा शिवसताक्षीका ९ परिवार बिस्थापित भएका छन् ।

फाइल फोटो

गएराति ८.३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलको पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि त्यस टोलका बासिन्दा विस्थापित बनेका हुन् । अति जोखिम रहेका ९ परिवार बिस्थापित बनेकोमा ७ परिवारलाई शिवसताक्षी नगरपालिकाको १० नम्बर वडा कार्यालयको समन्वयमा सोही ठाउँमा रहेको मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको छ । दुई परिवार भने लालपानीस्थित आफ्नै घरमा गएका छन् ।

वडा नं १० बस्ने पञ्ची ऋषिदेव, पुष्प ऋषिदेव, करण ऋषिदेव, वीरेन्द्र ऋषिदेव,प्रेम उप्रेती, गोलबट्टी ऋषिदेव र टुना ऋषिदेवको परिवारलाई स्थानान्तरण गरिएको वडाध्यक्ष हर्कबहादुर सिगुले बताए । १४ जना बालबालिकासहित ३४ जना बिस्थापितहरुलाई खाने व्यवस्था वडा कार्यालयले मिलाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्