झापा, असार ६ । चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । चलचित्रको निर्माता सन्तोष गौतम हुन् । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै छन् । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्