वीरु दर्नाल,
झापा । नेपालभरिका विद्यालयहरुमा एकै कपडा हुनु पर्ने , विद्यालयले सेन्डिकेट गरी आएको पोशाक सबै टेलरिङ ब्यवसायीहरुले काम गर्न पाउनु पर्ने , विद्यालय पोशाकमा अनिवार्य नेपाली उत्पादन नै प्रयोग गरिनु पर्ने जस्ता माग राख्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई नेपाल टेलरिङ ब्यवसायी महासंघले आज ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष सदिस श्रेष्ठको नेतृत्वको पदाधिकारी तथा सल्लाहकारको टोलीले सिंहदरबारमा शिक्षामन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा वरिष्ठ उपाध्यक्ष राजमान महर्जन , उपाध्यक्षद्वय दिपक शिवा , पूर्णबहादुर महर्जन , मीना गोपाली , अन्जान गौतम, गणेशभक्त गोसाई , धिपेन्द्र काररंजित तथा सल्लाहकार जुजुमान श्रेष्ठ रहेका थिए ।

सबै विद्यालयमा एकै पोशाक भए विद्यार्थीबिच समान देखिने , एक अर्काप्रति वर्गीय बिभेदको भावना नहुने , अभिभावकले जुनसुकै पसलबाट पनि खरिद गर्न सकिने , कमिशनको अन्त्य हुने आदि जस्ता सुझावसहित मन्त्री श्रेष्ठलाई महासंघले ज्ञापनपत्र बुझाएको हो । मन्त्री श्रेष्ठले महासंघको ज्ञापनपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको महासंघका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष वीरु दर्नालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्