एजेन्सी । साउदी अरबमा हज गर्नेक्रममा चर्को गर्मी र असुविधा कारण सयौंको मृत्यु भएको छ । जसका कारण साउदी प्रशासनले आलोचना खेप्नु परिरहेको छ ।


समाचार एजेन्सी रोयटर्सले विभिन्न देशका विदेश मन्त्रालय र अर्को सूत्रबाट प्राप्त जानकारीका आधारमा कम्तीमा ५६२ जनाको मृत्यु भएको दाबी गरेको हो । जबकि एएफपीका अनुसार मृत्यु हुनेको संख्या करिव एक हजार रहेको छ । त्यसमा अधिकांश इजिप्टका नागरिक रहेका छन् ।

पाकिस्तान हज मिशनका डाइरेक्टर अब्दुल वहाब सूमरोका अनुसार कम्तीमा ३५ जना पाकिस्तानी हजयात्रीले पनि ज्यान गुमाएका छन् ।साउदी अरबको तर्फबाट मृत्यु हुनेको तथ्यांक सार्वजनिक गरिएको छैन । पछिल्लो ३० वर्षको दौरान साउदी अरबमा हजका क्रममा भागाभाग हुँदा र टेन्टमा आगलागी हुँदा सयौको मृत्यु भइसकेको छ । साउदी प्रशासनका अनुसार यस वर्ष करिव १८ लाखले हज गरेका छन् । जसमध्ये १६ लाख विदेशी नागरिक रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्