झापा, असार ७ । झापामा लागूऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका वडा नं.१ सालमारा झोलुङ्गे पुल बगानमा चेकजाँचको क्रममा साईकलयात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने बर्ष ४० का जुलमात हुसेन र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० का तोसिफ आमललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित २० ग्राम ५५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवैलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्