झापा, असार ८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा दमकका २७ वर्षीय बिर्जेश सुनुवार पक्राउ परेका छन् ।

हिजो साँझ ५ः१५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित पुरानो मेची पुलमा भाडाको सिटी सफारीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक ४ बस्ने सुनुवारलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर शरीर तलासी लिएको थियो । त्यसक्रममा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लुकाएर राखेको २ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्