बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा आगलागी भएको छ ।

आज बिहान ७.३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो । बिर्तामोड ३ मा डेरा गरी बस्ने कमल कालिकोटेले संचालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा अन्दाजी ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । आगो बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा बिहान ८.५ बजे नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्