झापा,असार १० । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत केही विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले निर्घात पिटेका छन्।

कटाई खाने विद्यार्थीको शरीरमा नीलडाम र कुट्ने शिक्षक भण्डारी


विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको हो। कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छियाछिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्।

कक्षामा हल्ला गरेको कारण देखाउँदै आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थीहरु बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

कुटाइ खाने एक विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त कारबाहीको माग गरेकी छिन्।

विद्यार्थी कुटने डिसिप्लिन इन्चार्ज भण्डारी अहिले सम्पर्कबिहीन भएका छन्। उनको मोबाइल फोन अफ छ। भण्डारीको घरमा सम्पर्क गर्दा उनी घरमा पनि नरहेको भन्ने बुझिएको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए।
प्रधानाध्यापक भण्डारीले डिसिप्लिन इन्चार्जलाई विद्यार्थीलाई भौतिक सजाय दिन पाइँदैन भनेर पटकपटक सम्झाएको बताए।प्रअ भण्डारीले भने, ‘उनलाई निष्कासन गर्ने विषयमा छलफल गर्दैछौं।’

विद्यार्थीले कुटाइ खाएको कुरा थाहा पाएपछि अभिभावकहरू आइतबार राति नै इलाका प्रहरी कार्यालय बुधबारेमा भेला भएर विद्यार्थी कुट्ने भण्डारीमाथि कानूनी कारबाहीका लागि दबाब दिएका थिए। सोही विषयमा अहिले बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल बोलाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्